देश

सिंहदरबारभित्र राप्रपाको विरोध प्रदर्शन, अध्यक्ष लिङ्देनसहित ७ जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबारको प्रदर्शनले अप्रत्याशित मोड लिँदै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेताहरू प्रहरी नियन्त्रणमा परेका छन्।

प्रदर्शन सिंहदरबारभित्रै पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो। राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि त्यहीँबाट नियन्त्रणमा लिइएपछि पक्राउ पर्नेहरूको संख्या सात पुगेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूमा अध्यक्ष लिङ्देनसँगै ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल रहेका छन्।

काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार, सबै पक्राउ परेकाहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

प्रदर्शनको कारण खुलाइएको छैन, तर सिंहदरबार जस्तो संवेदनशील क्षेत्रमा भएको गतिविधिका कारण प्रहरी सतर्क भएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *