काठमाडौं । वीरगञ्जमा दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले आइतबार बिहान यस्तो सहमति निकालेको हो।
बैठकमा प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दलका जिल्ला नेता र धार्मिक अगुवाहरूको उपस्थिति थियो। सबै धार्मिक संस्था र तिनीहरूद्वारा सञ्चालित विद्यालय तथा मदरसाको कडा निगरानी गरिने निर्णय भएको छ।
शनिबार हनुमान जन्मोत्सवको शोभायात्रामा ढुंगा प्रहार भएपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसयता लागू गरिएको कर्फ्यू आज मध्यरातसम्म लम्ब्याइएको छ। झडपमा प्रहरीसहित करिब ४० जना घाइते भएका छन्।\




