देश

तीनकुने राजावादी प्रकरण : पत्रकार सुरेश रजक जलेको घरमा प्रवेश गरेकी एनी कुँवर प्रहरीको नियन्त्रणमा

काठमाडौं । गत चैत्र १५ गते काठमाडौं उपत्यकाको तीनकुनेमा भएको राजावादी हिंशात्मक आन्दोलनका क्रममा एउटा घरमा भएको आगजनीलाई लिएर पत्रकार एवं धार्मिक अभियन्ता एनी कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उनलाई आज ललितपुरबाट पक्राउ गरेको जनाइएको छ ।

 

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्‍याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजक जलेका थिए । सो घटनामा उनको संलग्नता रहेको हुन सक्ने अनुमान गरीएको छ । अर्काको घरमा अनधिकृत प्रवेश गरेको पुष्टि भएकाले कुँवरलाई निर्दोष मान्न नसकिने एसपी अंगुर जिसीले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *