देश

संसदमा ज्ञानेन्द्र शाहीः काठमाडौं महानगरमा प्रशासकीय अधिकृत किन नपठाएको

काठमाडौं।राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ र स्वतन्त्रसँग सरकार तर्सिएको बताएका छन्।

प्रतिनिधि सभामा बोल्ने क्रममा मंगलबार उनले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएर सरकारले मेयर बालेन शाहलाई पेल्न खोजेको बताएका हुन्।

उनले भने,‘तीन महिनादेखि तल्लो दर्जाका, फोहोर उठाउनेसम्मले तलब पाउन सकेका छैनन्। प्रमुख प्रशासकीय अधिकृत नपठाएर यो सरकारले तिनलाई पेलिरहेको छ। फोहोर उठाउने ति श्रमिकको पाप लाग्ला।’

नयाँ शक्ति र दलसँग त्रसित हुने भए आगामी दिनदेखि स्थानीय तहको निर्वाचन समेत नगर्नका लागि चेतावनी दिँदै शाहीले भने,‘गाउँपालिका, नगरपालिकामा अधिकृत नपठाउने हो भने चुनाव किन चाहियो, ठप्प किन पारिएको हो?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *