काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानीको सूची (ग्रे लिस्ट) मा पर्नु दुःखद भएको भन्दै हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
उनले सबै सरोकारवाला पक्ष मिलेर नेपाललाई अहिलेको घटनाबाट बाहिर निकाल्न एक हुनुपर्ने बताए ।




