देश

साहित्यबाट सामाजिक कुरीति अन्त्य गर्न सकिन्छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने बताएका छन् ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा आयोजना गरेको साहित्यकार कैलाश कुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा बोल्दै उनले जागरुक समाज निर्माणमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

साहित्यमा समाजका हरेक कुरा प्रतिविम्बित हुने बताउँदै मुख्यमन्त्री शाहले भने, “साहित्यको प्रवद्र्धन गर्न हामी सबै लाग्यौँ भने यो क्षेत्रलाई पनि सम्मानित रुपमा अगाडि बढाउन सकिन्छ । ”

पुस्तकका लेखक पाण्डेयले कथाका माध्यमबाट जीवनका भोगाइ प्रस्तुत गर्ने जमर्को गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *