देश

लेखा समितिमा १०० उजुरी, अध्ययन गर्न बनाइयो उपसमिति

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी अध्ययन गर्न उपसमिति गठन गरेको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा उपसमिति गठन गरिएको हो । यो समितिले लेखा समितिमा परेका १०० वटा उजुरी अध्ययन गर्नेछ ।

समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरिएको जानकारी दिए । समितिमा सांसदहरू गोकुल बास्कोटा, मञ्जु खाण, लेखनाथ दाहाल, हरि ढकाल, प्रेम आले र अमरेशकुमार सिंह सदस्य छन् । समितिले उजुरीहरू अध्ययन गर्छन् भने कुन–कुन विषय समितिमा छलफल गर्ने भन्नेबारे टुंगो लगाउँछन्।

लेखा समितिमा एक सय बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताए । उनले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाउने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *