खेलकुद

बंगलादेशविरुद्ध नेपालले एक गोल गरेपछि बराबरीमा

काठमाडौं । दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले पनि एक गोल गर्दै बराबरी बनाएको छ । बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *