काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राज्य व्यबस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले अशोज १२ गते शनिवार भएको बाढीपहिरोबाट प्रभावित ओखलढुङगाका १६ घरपरिवारलाई राहत स्वरुप पाँच हजारका दरले सहयोग उपलब्ध गराएका छन् । नेता खतिवडाले सोमबार ओखलढुङगाको सुनकोशी १, २ र ४ को १६ घर परिवारलाई ५÷५ हजारको दरले ब्यक्तिगत रुपमा घरमै पुगेर सहयोग गरेको जानकारी दिए ।
खतिवडाकै पहलमा नेपाल सरकारले सुनकोशी गाउँ पालिका र चम्पादेवी गाउँ पालिकलाई बाढीपहिरो प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । निरिक्षणमा कोशी प्रदेश पुर्वमन्त्री प्रदिप सुनुवार, सिद्दिचरण ना. पा. प्रमुख तेजेन्द्र खनाल, सुनकोशी गाउँ पालिका प्रमुख कमल तमाङ र पुर्व ट्रेड युनियान अध्यक्ष खिलानाथ दाहाल समेतको उपस्थिती थियो । सभापति खतिवडाले उक्त सहयोग वितरण गरेको जानकारी सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।








