देश

बीमा रकम दाबीको उदेश्यले आफ्नै पसलमा आगो लगाउने अब जेलमा

काठमाडौं । बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान भएका छन् ।

स्याङ्जाको आधिखोला गाउँपालिका–६ बस्‍ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका–७ बस्न‍े ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षको लागि कारागार चलनग गर्ने आदेश दिएको हो ।

उनीहरूले बीमाको रकम दाबी गर्नका लागि साउन १६ गते आफ्नै पसलमा आगो लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *