देश

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन साउन ३१ गते हुने

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोकेका हुन् । त्यस्तै राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुने भएको छ ।

संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते हुने सभामुख घिमिरेले घोषणा गरे । सभामुख घिमिरेले उक्त निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

उनले भने ‘संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते गर्नेगरी तोकेको छु । साथै उक्त निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिवलाई निर्देश गर्दछु ।’

प्रतिनिधि सभाको अर्को बैठक साउन ३० गते बुधवार दिउँसो १ बजे बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *