देश

 हेलम्बु गाउँपालिकामा जनताको सुविधाका लागि उल्लेखनीय काम गरेको छु : अध्यक्ष शेर्पा  

 काठमाडौं । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन दोङबा शेर्पाले गाउँपालिकाभित्रका जनताका लागि उल्लेखनीय काम गरेको उल्लेख गर्दै महालेखा परीक्षकको कार्यालयले देखाएको अनियमितप्रति असन्तुष्टि जनाएका छन् ।  अध्यक्ष शेर्पाले गाउँपालिकाभित्र देखा परेका हरेक समस्याको समाधान गर्दै शिक्षा,स्वास्थ्य,सूचना प्रविधिको विकासमा ठुलो परिवर्तन ल्याएको उल्लेख गरेका छन् ।

 उनले महालेखा परीक्षकको कार्यालयले शिक्षा,स्वास्थ्य र करार कर्मचारी नियुक्तिको विषयमा अनियमितता भएको भनी उल्लेख गरेपछि अध्यक्ष शेर्पाले जनताको माग, समस्या र समग्र गाउँपालिकाको विकासका लागि उक्त रकम गाउँपालिकाको समग्र विकासमा लगानी लगाएको बताएका छन् । महालेखा परीक्षकको कार्यालयले अन्य पालिकाले गरेको सोही कामका बारेमा प्रश्न नउठाएको तर हेलम्बु गाउँपालिकालाई निशासाना  बनाएर पेल्न खोजेको भन्दै गाउँपालिका अध्यक्ष शेर्पाले महालेखा परीक्षकप्रति  ध्यानाकर्षण भएको जनाएका छन् । 

सामाजिक सञ्जालमा सिन्धुपाल्चोकका सबै गाउँ पालिका मध्ये  हेलम्बुमा सबैभन्दा धेरै बेरुजु भन्ने कुरालाई लिएर धेरैले टिकाटिप्णी  गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन् । हेलम्बु गाउँ पालिकाको अध्यक्षमा निर्वाचित भएर हेलम्बुका जनताका सुविधा गाउँपालिकाको समग्र विकासका लागि आफूले  योजना अगाडि  सारेर लागू गरेको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकाभित्र गर्नुपर्ने काम धेरै भएको बजेटलाई सही ठाउँमा सदुपयोग गरेको तर भ्रष्टाचार नगरेको बताए । 

 हेलम्बु गाउँपालिकामा दीर्घ रोगी धेरै भएकाले सबैलाई  निःशुल्क औषधी वितरण गर्दै बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको उनले बताए । उनले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई खाजा खुवाउने,करारमा कर्मचारी  नियुक्ति  गरेर भए पनि जनताको काममा ढिलासुस्ती  नगर्ने, शिक्षक अवकाश कोष, स्वास्थ्य  विमाकोषको स्थापना गरी बिसौँ  वर्ष सङ्घीय सरकारले नियुक्ति  गरिराखेका  राहत र अस्थायी बालविकस , विद्यालय कर्मचारीलाई जागिर छोड्दा रित्तो  हात नहुने,गाउँ पालिकाको एक मात्र क्याप मेलम्ची  भ्याली क्याम्पस लाई  व्यवस्थित बनाउने,पालिका भरीका  कक्षा ६ देखि १२ मा पढ्ने  विद्यार्थी को लागि  निःशुल्क बस सञ्चालन गर्ने, निःशुल्क पोसाक उपलब्ध गराउने आफ्नो घर बाट भ्याउने गरी विज्ञान ,कानुन, कम्प्युटर  विज्ञान जस्ता विषय  पढ्ने  व्यवस्था  गर्ने,पालिका भित्र  रहेका एकल पुरुषलाई भत्ता  दिने काम गरेको उल्लेख  गर्दै हेलम्बु गाउँपालिका जनताका लागि उक्त कार्यहरू उल्लेखनीय भएको उनले बताए ।

उनले महालेखा परीक्षकको कार्यालयलाई गाउँपालिकाभित्र अध्यक्षको हैसियते गरेका कामहरू कसरी गलत हुन सक्छन् भन्दै प्रश्न समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *