कर्णाली प्रदेश

कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

काठमाडौँ। कर्णाली प्रदेश सरकारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेको छ । कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख तिलक परियारले यही फागुन ३० गतेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१)तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *