देश

कोरियन भाषा परीक्षाको रजिस्ट्रेसन परिवर्तन

काठमाडौं । ई. पि एसमार्फत संचालन हुने उत्पादनमूलक क्षेत्रको कोरियन भाषा परिक्षा २०२३ को रजिस्ट्रेसन नम्बर परिवर्तन भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग ई. पि. एस. कोरिया शाखा ग्वार्को बिहीबार एक सुचना प्रकाशित गर्दै सन २०२३ को उत्पादनमुलक क्षेत्रको भाषा परिक्षाका लागि आवेदन दिएका विद्यार्थीहरुको रजिस्ट्रेसन नम्बर परिवर्तन भएको जनाएको हो ।

सन २०२३ मा उत्पादनमुलक क्षेत्रको कोरियन भाषा परिक्षामा आवदेन दिनेको संख्या एक लाख भन्दा बढी भएकाले पुरानो रजिस्ट्रेसन परिवर्तन गरेर नयाँ कायम गर्न लागिएको वैदेशिक रोजगार विभाग ई. पि. एस. कोरिया शाखा ग्वार्कोले निकालेको सुचनामा उल्लेख छ ।

२०८०/०९/०२ देखि ०६ गते सम्म र २०६०/०९/१६ देखि २० गते सम्म सन् २०२३ को उत्पादनमुलक क्षेत्रको कोरियन भाषा परिक्षाका लागि एक लाख ६४ हजारको आवेदन परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *