कोशी प्रदेश

कोशीका सभामुख विष्ट पार्टीको जिम्मेवारीबाट अलग

काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्ट पार्टीको जिम्मेवारीबाट अलग भएका छन् । प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *