कोशी प्रदेश

कोशीका सभामुखले लिए शपथ

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विष्ट मंगलबार सभामुख निर्वाचित भएका हुन् ।

नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *