काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्ती शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा नेपालबाट अन्य देश जाने कामदारहरुका लागि लागत बढाएको भन्दै चौतर्फि विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम तथा रोजगार मन्त्रालयलाई विदेश जाँदा लाग्ने खर्च बढाउने कुरा कार्यन्वयन नगर्न निर्देशन दिएका हुन् ।
मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै अतिरिक्त खर्च बढाउने मन्त्रालयको निणृर्य कार्यान्वयन नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्ती सचिवालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रालयगत छलफलका क्रममा प्रधानमन्त्ती प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरू निःशुल्क रूपमा वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिएका छन् ।




