देश

बागमती प्रदेश प्रमुखद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका दाजुभाइ–दिदिबहिनी तथा समस्त नेपालीमा सुख,शान्ति र समृद्धिको कामना गरेका छन् ।

तमु ल्होसारका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रदेशप्रमुख शर्माले ल्होसारलगायत मौलिक पर्वले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *