देश

ई : अभियान्तालाई भेटन पुगेका नेताहरुले कस्ले के भने ?

काठमाडौं । आठ दिनदेखि राष्ट्रियसभा गृहअगाडिको सडकमा उभिएर अनशनरत सामाजिक अभियन्ता ई ः को पक्षमा समर्थन जुट्ने क्रम जारी छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जवाफदेहिता माग्दै उभिएर अनशनरत ईः लाई मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि भेटेका छन्।

थापा र पाण्डेले अनशनस्थत राष्ट्रियसभा गृहअगाडिको सडकमा पुगेर ईः को आन्दोलनमा समर्थन जनाउँदै फुटपाथ र सडक खाली गर्ने नाममा गरिबलाई लखेट्न नहुने बताए।

थापाले सबैलाई सहयोग गर्ने बताएका थिए । सडक र फुटपाथमा जथाभावी पसल थाप्न नमिल्ने बताउँदै तर राज्यले उनीहरूलाई व्यवसायका लागि उचित स्थान दिनुपर्ने उल्लेख गरे। उनले महानगरपालिकाले सहजीकरण गर्दै सबैलाई न्याय प्रदान गर्नुपर्ने बताए । पाण्डले ठेलागाडा, साइकल र परम्परागत मजदुरउद्यमीलाई लखेट्न नहुने बताएका छन्। उनले सडकबाट विस्थापित गर्दा विकल्प दिएर मात्र विस्थापन गर्नुपर्ने बताए । मंगलबार नै ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।

मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार वार्ता समाधान गर्नका लागि काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने जनाइएको छ ।

वार्ताका लागि महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ । यस अघि ई ; अभियान्तालाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेअर सुनिता डंगोल पुगेकी थिइन् ।

ई– अभियान्तालाई भेटेर उपमेअर डंगोलले आफ्नो तर्फबाट समस्या समाधानको बाटो रोज्ने र सही नेतृत्वको साथ अघि बढने बताएकी थिइन । यस अघि काठमाडौं महानगरपालिकाका मेअर बालेन्द्र शाहले ई : अभियान्तालाई वार्तामा उपस्थित हुन आग्रह गरेपनि उनीहरु उपस्थित नभएको मेअर बालेन्द्रले दाबी गरेका थिए भने ई अभियान्ताले बालेन्द्रले नबोलाएको भन्दै सामाजिक संजालमै पोष्ट गरेका थिए ।

ई : अभियान्ताका बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि महानगरबाट महानगरको गरिबीलाई हटाउनुपर्ने तर गरिबलाई होइन भन्दै फ्ुटपाटको विषयमा सपोटिभ कुरा गरेका थिए । यस्तै ओलीलो महानगरका मेअर तथा उपमेअर लगायत आन्दोलनकारीबीचको वार्ता समयमा नै मिल्नुपर्ने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *