काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्ती उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गरेको छ ।
थापा कोशी प्रदेशमा मुख्यमन्त्री बनेको भदौ ४ गते एक महिना पुग्दैछ । संविधानमा मुख्यमन्त्रीले आफूलाई संसदको विश्वास छ भने देखाउन ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।





