देश

लुम्बिनीमा आजदेखि बजेटमाथि छलफल

काठमाडौं । लुम्बिनी प्रदेशसभामा आजदेखि आगामी वर्षका लागि ल्याइएको बजेटमाथि छलफल हुने भएको छ । बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

आज बस्ने बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०÷०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो । तर बजेटमाथि सत्तापक्षीय सांसदहरूले असन्तुष्टि जनाएपछि बैठक स्थिगित गरिएको थियो ।

उनीहरुले मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले आफू केन्द्रित बजेट ल्याएको भन्दै विरोध गर्दै बजेट सच्चाएर ल्याउन माग गरेका थिए ।

लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *