विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले समिति गठन गरेको छ ।
प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता समितिमा मन्त्री मेन्याङ्बोसँगै सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।




