
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१० जनामा गरिएको परीक्षणमा ११३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३६२ जना सक्रिय संक्रमित रहेका छन् ।