कोरोना अपडेट

थप १०३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति?

काठमाडौं ।थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १६४५ नमूना परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५६ र एन्टीजेनबाट ११८९ नमुना परीक्षण गर्दा पीसीआरबाट ७२ र एन्टिजेनबाट ३१ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ६१ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *