बागमती प्रदेश

थली बजार क्षेत्रमा स्थानीय गरे सडक अवरुद्ध,सवारी साधन ठप्प(हेर्नुहाेस तस्वीर)

काठमाडौं । सडक कालाेपत्रेकाे माग राखेर स्थानीयले थली वजार खण्डमा सडक अवराेध गरेका छन । बिहीबार विहनादेखि सडक कालाेपत्रेकाे माग राखेर स्थानीयले बजार क्षेत्रमा सवारी साधन बन्द गरेका हुन ।

थली बजराकाे पूर्वी क्षेत्र साेल्टिमाे‍डदेखि पश्चिम क्षेत्र तिवारी टाेल नजिककाे पेट्राेल पम्पसम्मकाे बाटाेमा स्थानीयले सवारी साधन चल्न दिएका छैनन् । निर्माण व्यवसायीप्रति आक्राेशित स्थानीयले सडकमा बासकाे बेरा लगाएर अवराेध गरेका छन । बजार क्षेत्रकाे प्रमुख सडकमात्र नभई स्थानीयले शाखा सडक समेत बासकाे बेरा लगाएर अवराेध गरेका छन ।

स्थानीयले अत्यावस्यक सेवाका गाडी समेत बजार क्षेत्रमा गुड्न दिएका छैनन । कतिसम्म भने विद्यालयका गाडी समेत प्रदर्शनमा उत्रिएका स्थानीयले राेकेर राखेका छन ।

निर्माण व्यवसायीले सडक अलपत्र पारेका कारण थली बजार सवारी साधनले उडाएकाे धुलाेले दिउसै अध्याराे जस्ताे देखिने गरेकाे स्थानीयहरु बताउँछन । पानी परेकाे बेला पैदल यात्रु र सवारी साधनले उस्तै सास्ति खेप्नु परेकाे उनीहरु बताउँछन ।

सडक मर्मत र कालाेपत्रेकाे माग राख्दै सडक अवराेध गरेका स्थानीयले नगर प्रमुखलाई सडक कालाेपत्रे चाडाे गर्न पहल गरिदिन दवाव दिएका छन ।

साखु -थली चल्ने सवारी साधन वैकल्पिक मार्ग हुदै सञ्चालनमा भइरहेका छन । बजार खण्डमा दर्जनाै सवारी साधन स्थानीयले राेकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *