खेलकुद

काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङः पुष्प र चन्दुलाई स्वर्ण

काठमाडौं । अल्पाइनका पुष्पप्रसाद गौतम र मिनिल्यान्डकी चन्दु शाहीले प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् । पुरुषमा पुष्पले ६ दशमलव ३० अंक तथा महिलामा चन्दुले ६ दशमलव ७६ अंक जोडे ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेस्रो भए । महिलामा लुनारकी रंगिला रोका दोस्रो तथा विद्याआर्जनकी मुना खवास मगर र पिस नेपालकी शारदा धिमाल तेस्रो बने ।

पुरुष(महिला दुवैमा पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले २२ हजार नगद पुरस्कार पाए । प्रतियोगिताको पुरुषमा २९ तथा महिलामा आठ डोजाङ प्रमुखले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *