संखुवासभा । सत्तारुढ गठबन्धन संयन्त्रले चैनपुर नगरपालिका भ्रष्टाचारको दलदलमा फसेको विवरण सार्वजनिक गरेको छ । गठबन्धन संयन्त्रले महालेखा परिक्षकले औंल्याएको बेरुजुमा आधारित भएर उक्त विवरण सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७४-०७५ देखि हालसम्म चैनपुर नगरको नेतृत्वले करोडौं रकम अनियमितता र भ्रष्टाचार गरेको तथ्य पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएपछि नगरबासीले नगर नेतृत्वप्रति चरम असन्तुष्टि पोखेका छन । गठवन्धन संयन्त्रले अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुवेको नगर नेत्वलाई कारवाहीको माग गरेको छ ।
महालेखा परिक्षकको चार आर्थिक वर्षको प्रतिवेदनले नगर नेतृत्वको नियतमाथि प्रश्न चिन्ह खडा भएको छ । नगर नेतृत्वले नगरबासीको संमृद्ध नगरको परिकल्पना माथि चिसो पानी खन्याएको छ ।
महालेखाको प्रतिवेदनले नगर प्रमुख भरत कुमार खत्रीले दोहोरो सुविधा लिएको, फर्जी विल पेश गरेको, दोहोरो भुक्तानी लिएको, ढुंगा, गिटि, बालुवा निकासीको ठेक्कामा अनियमितता गरेको जस्ता दर्जनौ शीर्षकमा बेरुजु देखाएको छ । नगर प्रमुखका स्वकीय सचिव टंक रोक्का र केही भित्रिया कर्मचारीले मेयर गोल्डकपको नाममा ठूलै तर मारेका छन । मेयरका स्वकीय सचिव रोक्काको नाममा मेयर गोल्डकपको शीर्षकमा मात्र करिव ४५ लाख बेरुजु प्रतिवेदनले देखाएको छ ।
प्राकृतिक र सांस्कृतिक रुपमा वैभवशाली चैनपुर नगरको नेतृत्व भ्रष्टाचारले दुगन्धित बनेको फेहरीस्त गठवन्धन संयन्त्रले सार्वजनिक गर्दै तत्काल बेरुजु रकम फिर्ता गर्न आग्रह गरेका छन ।
चार आर्थिक वर्षको महालेखा परिक्षकको प्रतिवेदनमा आधारित भएर नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले गठनन्धका संयन्त्रका तर्फबाट चैनपुर नगरको अनियमितता भ्रस्टाचारको फेहरिस्ता प्रस्तुत गरेका थिए ।
कांग्रेस नेता एवं जिल्ला कार्यसमिति सदस्य ज्ञानबहादु कार्कीले महालेखाको प्रतिवेदनले तीन करोड भन्दा बढी रकम फिर्ता गर्नु पर्ने बेरुजु देखाएको बताए । उनले भने यसले नगर नेतृत्वको नगरपालिकाको मुहार फेर्नेभन्दा अनियमितता र भ्रष्टचारमा ध्यान केन्द्रित भएको स्पष्ट हुन्छ ।
यसै गरी पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता एवं नगर सभापति शंकरमान कडेलले बेरुजु तत्काल असुल उपर नभए नगरपालिका घेर्न र तालाबन्दी गर्ने चेतावनी दिए ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता उमेशकुमार डागीले मेयर प्रतिको आग्रह पूर्वाग्रह यो पत्रकार सम्मेलन नभई नगरपालिकामा भएको बेथिति र भ्रष्टाचारको विरुद्धमा भएको बताए । जनताले गास काटेर तिरेको कर विधिसँगत खर्च हुनु पर्नेमा उनले जोड दिए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले भ्रष्टाचारमा संलग्नलाई कानूनी कारबाहीको माग गरे । यसै गरी माओवादी केन्द्रका नेता सुमन कुमार डागीले चैनपुर नगरपालिका भ्रष्टाचारको अखडा बन्दै गएकाले नगर नेतृत्वको प्रतिकारमा उत्रिन आग्रह गरे ।
नगर प्रमुख र उनको दलले भने यसको अझै खण्डन गर्न सकेको छैन ।
यस्तो छ गठबन्धनले सार्वजनिक गरेको प्रतिवेदन






