काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगको आलोचना गरेका छन् ।
नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्वार्थलाई केन्द्रमा राखेर अहिलेको सरकार गठन भएको भन्दै उनले राजनीतिलाई गलत बाटोबाट हिडाउन खोजेको आरोप लगाएका छन् ।
‘राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । कान्लाकान्ला, भिरभिर कुद्छन् । निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोकिन जान्छ । सम्मानित अदालतको कुरै नगारौँ । त्यहाँ बसेपछि जे गर्दा नि भयो । अहिले त्यही भइराखेको छ ।’ उनले भने ।
अध्यक्ष ओलीले सरकारको समेत आलोचना गरेका छन् ।




