काठमाण्डौं । साझा विवेकशील पार्टी पनि फुटको वाटोमा हिंडेको छ । अध्यक्ष रवीन्द्र मिश्रले विहिवार ११ बजेको लागि केन्द्रिय समिति वैठक बोलाएपछि यसलाइ स्थगीत गर्न अर्का संयोजक मिलन पाण्डेले आग्रह गरेका थिए । तर मिश्रले यो प्रस्तावलाइ मानेनन । यसपछि मिश्रलाइ काउन्टर दिन पाण्डे समुहले मंगलवार नै कार्यसमितिको वैठक वोलाएको छ । नया पार्टीमा देखिएको यो समानान्तर कमिटी वैठकले साझा विवेकशील पार्टी फुटको वाटोमा गएको देखिन्छ ।
यस पार्टीका अध्यक्ष मिश्रले ब्यक्तिगत प्रस्ताव भन्दै जनमतसंग्रह देखि राजासम्मका कुरा गरेपछि पाण्डेसमुह यसलाइ दक्षिणपन्थी यात्रा भन्दै सार्वजनिक आलोचनामा मात्र उत्रिएको छैन । यसको काउन्टर दस्तावेज तयार पार्न समेत जुटेको छ ।




