काठमाडौं । भारतमा उपचाररत प्रस्तावित नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल आगामी सोमबार नेपाल फर्कने भएका छन् ।
मंगलबार प्रस्तावित नेकपा एकिकृत समाजावादी दलको बैठकमा भर्चुअल सम्बोधन गर्दै नेता खनालले आफ्नो स्वास्थ्य अबस्थामा सुधार आएको र आगामी सोमबार नेपाल फर्कन लागेको जानकारी गराएका हुन् ।
नेता खनालको मृगौलामा समस्या आएपछि भारतको अपोलो अस्पतालमा उनको मृगौला प्रत्योरोपण गरिएको थियो । नेता खनालले आफु सोमबार नेपाल फर्केपछि समावादी पार्टीमा सक्रिय हुने समेत जानकारी गराएका छन् ।




