काठमाडौं । अफगानिस्तानबाट शुक्रबार थप १ सय ६५ जना नेपाली स्वेदश फर्किएका छन् ।
विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म ४ सय ६१ जना नेपाली स्वदेश फर्किएका छन् ।
उद्धारमार्फत नेपाल आएका सबैलाई कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित ‘होल्डिङ सेन्टर’मा कोरोना परीक्षण गर्ने गरिएको छ ।




