राजनीति

माधव नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन गोकर्ण विष्टको माग

काठमाडौं । एमाले विवाद गम्भीर मोडमा पुगेको छ । एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेसँगै पार्टी विभाजनको डिलमा पुगेको हो । एमालेले १४ सांसदलाई पदमुक्त गरिएको जानकारी संसद् सचिवालयलाई जानकारी गराएको छ ।

पार्टीका वरिष्ठ नेता नेपालसहित १४ सांसदमाथि कारबाही गर्ने निर्णयप्रति नेता गोकर्ण विष्टले आपत्ति जनाएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीलाई तत्काल कारबाही फिर्ता लिन आग्रह पनि गरेका छन् । विष्टले १४ सांसदमाथिको कारबाहीले पार्टी एकता पक्षधरहरूलाई गम्भीर निराश बनाएको जनाएका छन् ।

‘नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपाल सहित १४ जना सांसद माथी गरिएको कारबाहीले बिभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुको लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ । हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न संभव छ । हामी भित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भुमिका जरुरी पर्दछ । यस्तो अवस्थामा क। नेपाल सहितका सांसदहरूमाथीको कारबाही फिर्ता लिएर एकताको लागि थप भुमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु,’ विष्टले सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *