देश

माओवादी केन्द्रको संगठनात्मक संरचनामा व्यापक फेरबदल

काठमाडौं । माओवादी केन्द्रको संगठनात्मक संरचनामा व्यापक फेरबदल भएको छ ।

आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले सबै जिल्ला समितिलाई समन्वय समितिमा रूपान्तरण गरेको नेता हिमाल शर्माले जानकारी दिए ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा गठन भएयता माओवादीको संगठनात्मक संरचना क्रियाशील थिएन । साथै, नेताहरूको कार्यविभाजनसमेत गरिएको थिएन ।

आगामी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएसँगै माओवादी केन्द्रले जिल्ला समितिलाई समन्वय समितिमा रूपान्तरण गरेको हो । माओवादीले मंसिर १३ गतेदेखि राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *