काठमाडौं । नेपाल तरुण दलले लोकतन्त्रप्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन आह्वान गरेको छ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बिह्रीबार शुभकामना सन्देश जारी गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले यस्तो आह्वान गरेको हो।
‘संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेसको काँधमा आइपरेको जिम्मेवारीलाई सहर्ष पूरा गर्न नेपाल तरुण दल केन्द्रीय समिति यसै शुभकामना सन्देशमार्फत् सम्पूर्ण लोकतन्त्रप्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन आव्हान गर्दछ,’ अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी सन्देशमा भनिएको छ।
युवाको सहभागिता र संलग्नताबिना संसारका कुनै पनि परिवर्तनले संस्थागत रुप लिएर दिगो हुन नसकेको सन्देशमा उल्लेख छ।
‘ज्ञान, शिप, क्षमता, चेतना र विवेकको समयमा नै प्रयोग गरी हाम्रो सामु खडा समस्याहरु संग जुध्न सक्ने सामथ्र्य राख्नेहरु हुन युवाहरु । विश्व युवा दिवसको पुनित अवसरमा नेपाल तरुण दल केन्द्रिय समिति नेपाल लगायत संसारभर बसेका युवाहरुमा अन्तराष्ट्रिय युवा दिवस २०२१ को हार्दिक शुभकामना व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।





