देश

भुसाल भन्छन्– ओली अध्यक्ष भएपछि पार्टीका नाममा गरेका सबै काम गुटका लागि मात्र भयो

काठमाडौं । एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष भएपछि केपी ओलीले पार्टीका नाममा गरेका सबै काम गुटका लागि मात्र भएको बताएका छन् । ओली नेतृत्वमा पुगेपछि निकै आलोचित बनेको र उनका सबै काम विवादास्पद भएको उल्लेख गरेका छन् ।

‘स्वाभाविक रूपमा गुटबन्दीको आक्रमणबाट मान्छेको कसरी सुरक्षा हुन्छ भन्ने धेरै ठूलो प्रश्न हो । ओली कमरेड नेतृत्वमा आएपछि यसरी आलोचना हुँदै आयो कि उहाँले पार्टीका नाममा गरिएका तमाम काम सबै आफ्ना गुटका लागि मात्र गर्नुभयो, उहाँमाथिको त्यो आरोप प्रमाणले पनि अहिलेसम्म खण्डित गरेको छैन, त्यसैले यस्ता कारणले नेता–कार्यकर्ताले राजनीतिक सुरक्षा खोज्नु कुनै अनौठो भएन, तर सम्बोधन अध्यक्ष (केपी ओली)ले कसरी गर्नुहुन्छ भन्ने हो,’ आइतबार प्रकाशित नयाँ पत्रिका दैनिकमा भुसालले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *