काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक ९ः४० बजेदेखि सुरु भएको छ ।
बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रबक्ता नारायणकाजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।
गठबन्धनको बैठकमा एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी छन् । बैठकले मन्त्रिपरिषद् विस्तारबारे छलफल गरी टुंगो लगाउने भएको छ ।




