काठमाडौं । पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपालबाट क्रिकेट खेल्ने भएका छन् । उनले काठमाडौं किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।
काठमाण्डौ किङ्ग्स–११ ले सोमवार काठमाडौंमा कार्यक्रम आयोजना गरी पाकिस्तानका खेलाडी अफ्रिदीले आफ्नो टिमबाट ईपीएल खेल्ने जानकारी गराएको हो ।
चौथो संस्करणको ईपीएल आउँदो सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म हुनेछ ।
अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार चार सय १६ रन बनाएका छन् । उनले टेस्टमा ४८ विकेट, एकदिवसीयमा तीन सय ९५ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।




