देश

ओलीले बोलाएको स्थायी कमिटी बैठक माधव पक्षद्वारा बहिष्कार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले डाकेको स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक जारी छ । बैठकमा भोलि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय हुने बुझिएको छ ।

आजको स्थायी कमिटी बैठक स्थगित गर्न नेपाल पक्षले आग्रह गरेको थियो । तर, अध्यक्ष ओलीले अब बैठक कुनै पनि हालतमा नरोक्ने जवाफ दिएका थिए । उनले यसअघि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने दिशामा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

आइतबार नै नेपाल पक्षको बैठक छुट्टै बसिरहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा तठस्थ बस्ने भन्नेमा छलफल भइरहेको बुझिको छ । नेपाल पक्षका अधिकांश सांसदले विश्वासको मत दिने अडान राखेका छन् । केहीले मत नदिने भएका छन् । तर, एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *