राजनीति

माधव समूहलाई सिंहदरबारमा कुर्दै ओली पक्षका नेता

काठमाडौं । एमाले विवाद मिलाउन कार्यदलको बैठक सिंहदरबारमा बस्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

शनिबार सम्पन्न बैठकपछि नेता सुवासचन्द्र नेम्वाङ र गोकर्ण विष्टले आइतबार बिहान ८ बजे खुसीको खबर आउने प्रतिक्रिया दिएका थिए । तर, आइतबार बिहान १० बजेसम्म पनि एमाले नेताहरूको अत्तोपत्तो छैन ।

बिहानैदेखि केपी ओली पक्षका कार्यदलका नेताहरू सिंहदरबारमा माधव पक्षका कार्यदलका सदस्यहरूको बाटो कुरिरहेका छन् । ओली पक्षका नेताहरु ७ बजे नै सिंहदरबार पुगेर नेपाल समूहलाई कुरिरहेको एक नेताले बताए। तर, कार्यदलकै बैठकको टुंगो नलागेपछि बिहानै खुसीको खबर आउने बताइए पनि अझै केअी समय कुर्नुपर्ने भएको छ ।

शनिबारको कार्यदल बैठकमा एमाले अध्यक्ष केपी ओली ०७५ जेठ २ अगाडि फर्किन जारी भएको खबर फैलिएको थियो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे केही नबोल्ने सहमति पनि भएको थियो । कार्यदलले ९ बुँदे सहमतिको ड्राफ्ट तयार पारेको र त्यसमा हस्ताक्षरपछि आज सार्वजनिक गर्ने तय भएको छ ।

आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने कार्यदलका नेताहरुले बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *