काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै स्थगित भएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ आजदेखि प्रसारण हुने भएको छ ।
‘कमेडी च्याम्पियन २’ का जजमध्ये एक मनोज गजुरेलले शुक्रबार रातिदेखि पुनः प्रसारण हुने जानकारी दिएका हुन् ।
आजदेखि कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको हो। विशाल भण्डारीले निर्देशन गरेको कमेडी च्याम्पियनको पहिलो सिजन पनि दर्शकले रुचाएका थिए ।
भदौ १५ गतेबाट सुरु भएको डिजिटल अडिसनमा ६ हजार भन्दा बढी सहभागी भएको थिए । जसमा २४ जनालाई फिजिकल अडिसनबाट छनोट गरिसकिएको छ । पहिलो सिजनमा हिमेश पन्त कमेडी च्याम्पियन बनेका थिए ।




