काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटीको बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
एमालेमा विवाद देखिएपछि ओलीले बोलाएको बैठकमा सहभागी नभएका गौतम यसपटक भने उपस्थित हुने भएका छन् ।
गौतमले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई ०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काइएको भन्दै बैठकमा सहभागी हुन जान लागेका हुन् । अहिलेसम्म गौतमले एमालेको विवादमा माधवकुमार नेपाल पक्षलाई साथ दिँदै आएका थिए ।




