राजनीति

सर्वोच्चले आफ्ना मन्त्री पदमुक्त गरिदिएपछि महन्थले बोलाए बैठक

काठमाडौं । जसपाको महन्थ ठाकुरले आज आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे प्रतिनिधिसभाका निवर्तमान सांसदहरुको बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत आफ्ना मन्त्रीहरूलाई पदमुक्त गरिदिएपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको जसपाका नेताले जानकारी दिए । पार्टीभित्र देखिएको विबादमा विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

जसपामा उपेन्द्र यादव पक्ष भने अर्कै मोर्चा बनाएर हिँडेको छ । यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध भएर केपी ओलीको कार्यशैलीविरुद्ध सडक संघर्षमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *