काठमाडौं । नेपाली कांग्रेस असार ३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आसन्न १४ महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न कांग्रेसले असार ३ गते बिहीबार दिउँसो २ बजे बैठक बोलाएको हो ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पौडेलले बताए ।




