देश

एमाले स्थायी कमिटी बैठक बस्दै, पार्टीमा एकता प्रयासबारे छलफल हुने

काठमाडौं । सत्तारुढ एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो ।

आजको छलफल पार्टी एकता कसरी जोगाउने भन्ने बिषयमा केन्द्रित हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

जसअनुसार सोमबार राति ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूले पार्टीमा एकता राख्ने बारे पाँचतारे होटेलमा पाँच घन्टा वार्ता गरेका थिए । सो वार्ता सकारात्मक ढंगले अघि बढेकाले यसअघिको बैठकले स्पष्टीकरण सोधिएका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवान प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई तत्काल कारबाही नगरिने भएको छ ।

ओलीले यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेका छन् । । अहिले पनि ओली माधव नेपालबाहेकलाई एमालेमै राख्ने विषयमा अडान राखिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *