काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको रिक्त पदमा आज मतदान भइरहेको छ ।
कोरोना महामारीका बेला मतदान आफ्नो प्राथमिकतामा नपरेको भन्दै उनले निर्वाचन बहिष्कार गरेका हुन् ।
‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,’ उनको ट्वीटमा उल्लेख छ।
राणा राप्रपाबाट मेयरमा निर्वाचित भएका हुन् । यसअघि राप्रपाले बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गरेको थियो ।




