देश

महन्थ पक्षले आफू पनि सरकार नबनाउने, ओलीविरुद्ध पनि नजाने

काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफूले पनि सरकार नबनाउने, केपी ओलीको विरुद्धमा पनि नजाने ढुलमुले निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको जसपा संसदीय दलको बैठकले ठोस निर्णय गर्न सकेन । बैठकमा उपेन्द्र यादव पक्षका सांसद उपस्थित थिएनन् । बैठकले प्रधानमन्त्री केपी ओलीले आफूहरुका माग पूरा गरेका कारण उनको विपक्षमा जान नसक्ने निष्कर्ष निकालेको हो ।

अन्य विपक्षी दलले जसपालाई नै सरकारको नेतृत्व दिने बारेमा समेत छलफल चलाए पनि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निष्कर्ष निकालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *