देश

शंकर पोखरेलद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन, बादललाई मागे भोट

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीको पदचाप पछ्याएका छन् ।

प्रधानमन्त्री ओलीले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै रामबहादुर थापा बादललाई भोट मागेको भोलिपल्टै पोखरेलले पनि बादललाई भोट मागेका छन् ।

पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जालमा गृहमन्त्री बादललाई राष्ट्रिय सभा निर्वाचनमा जिताउन भन्दै भोट मागेर निर्वाचन आचार संहिता उल्लंघन गरेका हुन् ।

‘बागमतीमा हुँदै गरेको उपचुनाव कमरेड रामबहादुर थापाले नेकपा (एमाले) रोजेका कारणले हो । उहाँलाई जिताउनु पार्टीलाई थप वलियो बनाउनु हो,’ पोखरेलले लेखेका छन् । आज बागमती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *