देश

गीतकार एवं निर्देशक चेतन कार्की रहेनन्

काठमाडौं । वरिष्ठ गीतकार एवं निर्देशक चेतन कार्कीको निधन भएको छ । उपचारका क्रममा आज बिहान उनको वीरेन्द्र शैनिक अस्पताल छाउनीमा निधन भएको हो ।

एक साताअघि कोरोना संक्रमण भएपछि उनी वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका थिए । तर, उपचारका क्रममा आइतबार बिहान साढे १० बजे उनको निधन भएको निर्देशक प्रकाश सायमीले जानकारी दिएका छन्। अवस्था गम्भीर भएपछि उनलाई शनिबार दिउँसो १ बजे आईसियु वार्डमा सारिएको थियो।

नेपाली गीति क्षेत्रमा कैयौं कालजयी गीत लेखेका कार्कीले विश्वास, मायाप्रीतिलगायत चलचित्र निर्देशन गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *