काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । आइतबार बिहान बालुवाटार पुगेर ठाकुर र महतोले जसपाले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् ।
त्यसअघि ठाकुर र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डेढ घन्टा बुढानिलकण्ठ निवासमा भेट गरी जसपा तठस्थ बस्ने जानकारी गराएका थिए । देउवाले ओलीले गराउने निर्वाचनमा आफूहरू सहभागी हुन नसक्ने स्पष्ट पारेपछि दुवै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
ठाकुर र महतोले ओलीलाई विश्वासको मत दिने विषयले पार्टीमा विभाजन आउन सक्ने देखिएकाले तत्काल कुनै निर्णय नगर्ने नीति लिएका हुन् । यदि सोमबार कांग्रेस नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएमा जसपाले के गर्छ भन्ने अझै खुलेको छैन ।




