देश

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

आकस्मिक रूपमा बोलाइएको बैठकको एजेन्डाबारे केही उल्लेख गरिएको छैन । केही दिनअघि माओवादीले स्थायी कमिटी बैठक बोलाएर पनि त्यत्तिकै स्थगित गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्यमा अन्य दल जुटेकाले सो सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *